सूचनाको शक्ति - The Power Of Information

        

पाकिस्तान वित्तीय आतंकवादको सूचीबाट हट्यो

पाकिस्तानलाई वित्तीय आतंकवादको सूचीबाट हटाइएको छ ।

सन् २०१८ देखि मनि लाउण्ड्रिङ र वित्तीय आंतकवादको सूचीबाट हटाएको हाे ।

बल मनि लाउण्ड्रिङ फाइनासिन्सयलले वाचडगले पाकिस्तानलाई ४ वर्षको प्रतिवन्धपछि आफ्नो सूचीबाट हटाएको हो । फ्रान्सको पेरिसमा भएको दुई दिने बैठकले पाकिस्तानमाथि लगाइको प्रतिवन्ध हटाउने निर्णय गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सोही संस्थाको प्रतिनिधिमण्डलले पाकिस्तानको भ्रमण गरेसँगै प्रतिवन्ध फुकुवा गरिएको हो । आफ्नो मुलुकमाथि लगाएको प्रतिवन्ध फुकुवा भएसँगै पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले बधाइ दिनुभएको छ ।

वित्तीय आतंकवादको सूचीमा रहेका देशहरुले अन्तर्राष्ट्रिय दातृ निकायसँग लिने विभिन्न सहयोग प्रभावित हुने गरेको छ । सोही प्रतिवन्धका कारण विश्व बजारमा पाकिस्तानको आर्थिक अवस्था नाजुक रहेको बताइएको छ ।

यस वर्षको सुरुमा पाकिस्तानका आएको बाढी पहिरोका कारण पाकिस्तानको घट्दो वित्तीय सञ्चिति र बढ्दो आर्थिक तनाव कम गर्न पनि सोही प्रतिवन्ध हटाइएको समाचारमा जनाइएको छ ।

वर्षाका कारण आएको बाढीमा परेर पाकिस्तानमा १७ सहय भन्दा बढीको मृत्यु भएको थियो । साथै ३० अर्ब डलर बराबरको क्षति भएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार ०८:२०