सूचनाको शक्ति - The Power Of Information

        

देशका केही स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ। बाँकी भूभागमा मौसम सामान्यता सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ। विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति  देशको पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा  रही  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार ०८:०७