वर्षा ऋतुमा चिसो, रुघाखोकी जस्ता समस्याले हामीलाई चाँडै समात्छ । काँचो प्याजको सेवनले कैयौँ समस्याको समाधान गर्छ ।
तपाई हाम्रो भान्समा दैनिक रुपमा उपभोग हुने प्याजले क्यान्सर देखि मधुमेह सम्मको रोगसँग लड्न मद्धत पुग्छ । चिकित्सकका अनुसार दिनहुँ प्याज खाँदा मुटुसम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ ।
यस परिवर्तित मौसममा तपाइँलाई चिसो र नाक बग्ने समस्याहरू सुरू हुनसक्छ । विशेष गरी बच्चाहरूलाई प्रारम्भिक रूपमा यो समस्याले छिटै समात्छ । यस्ता समस्याल अन्य रोगहरू पनि निम्त्याउन सक्छ । यस्तोमा एक साधारण उपायले यस्ता समस्याबाट छुटकारा दिलाउँछ ।
आवश्यक सामाग्रीहरु :
१) रातो प्याज २) मह
३) कचौरा ४) फ्रिज
बनाएर प्रयोग गर्ने तरिका :
सबैभन्दा पहिला एउटा रातो प्याज छिलेर काट्नुहोस् । अब प्याजको हरेक टुक्रामा राम्रोसंग मह लगाउनुहोस् त्यसपछि, मह लगाएका प्याजको टुक्रालाई एक रातको लागि फ्रिजमा राख्नुहोस् ।
बिहान फ्रिजबाट निकालेर आधा घण्टाको लागि छोड्नुहोस् । अब यसको तापक्रम सामान्य भएपछि खानुहोस् र कचौराको तल बसेको मह पनि खानुहोस् । एक पटकको प्रयोगमै तपाईंको रुघा–खोकी, चिसोबाट राहत मिल्छ र नाक बग्ने समस्या पनि निदान हुन्छ ।
– एजेन्सीहरुको सहयोगमा
सत्यपाटी । काठमाडौं ।