सूचनाको शक्ति - The Power Of Information

        

दूधमा भिजाएको कालो चना खाँदा स्वास्थ्यमा अदभूत फाइदा

चना भिजाएर खाँदा पचाउन सजिलो हुन्छ र पोषक तत्वको अवशोषण पनि राम्रो हुन्छ । हामीमध्ये धेरैले फिट रहनको लागि रातभर पानीमा भिजाएर बिहान खाली पेटमा चना खान्छौं, विशेषगरी कालो चना । यो फिटनेस प्रेमीहरूको लागि सबैभन्दा मनपर्ने बिहानको खाना हो ।

पानीमा भिजाएको चना खानुका फाइदाहरू त हामी सबैलाई थाहा छ तर के तपाईंले कहिल्यै दूधमा भिजाएर चना खानुभएको छ ? के तपाईलाई थाहा छ कालो चनालाई रातभर दूधमा भिजाएर बिहान खाली पेटमा खाँदा यसले अत्याधिक स्वास्थ्य लाभ गर्छ ? आउनुहोस्, यसबारे जानकारी लिऔं ।

बिहान दूधमा भिजाएको चना खानुका फाइदाबारे थप जान्नका लागि एक भारतीय सञ्चार माध्यमले क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलसँग कुरा गरेको छ । उनका अनुसार दुध र कालो चना दुवै प्रोटिन र क्याल्सियमको उत्कृष्ट स्रोत हुन् ।

साथै, यो संयोजनमा फाइबर, पोटासियम, आइरन, म्याग्नेसियम र भिटामिन बी, सी, डी जस्ता आवश्यक खनिजहरूमा प्रशस्त छ । जसका कारण यो स्वास्थ्यका लागि निकै फाइदाजनक साबित हुन सक्छ ।

कालो चना दूधमा भिजाएर खानुका फाइदाहरू :

१. ऊर्जावान बनाउँछ – यदि तपाईंले आफ्नो दिनको सुरुवात रातभर दूधमा भिजाएको कालो चना खाएर गर्नुहुन्छ भने यसले शरीरलाई तत्काल ऊर्जा दिन्छ । यसले तपाईंलाई दिनभर ऊर्जावान महसुस गराउँछ । तपाईंले कसरत वा शारीरिक गतिविधिको समयमा यसको प्रभाव देख्नुहुनेछ ।

२. पाचन बलियो बनाउँछ – फाइबर जस्ता अत्यावश्यक पौष्टिक तत्वले भरपूर भएकाले यसले तपाईंको पाचन प्रक्रियालाई सुधार्नुका साथै मेटाबोलिजम बढाउन मद्दत गर्छ । यसबाहेक, यसले खानाबाट पोषक तत्वहरूको अवशोषणमा पनि सुधार ल्याउँछ ।

३. हड्डी बलियो बनाउँछ – यो मिश्रण हड्डी र दाँतका लागी धेरै लाभदायी छ । प्रोटिन–क्याल्सियम प्रचुर मात्रामा हुने भएकाले यसले हड्डीलाई मजबुत बनाउँछ । यसले दाँतमा हानी गर्ने र हड्डी भाँचिने जोखिम पनि कम गर्छ । यसले हड्डी र जोर्नी दुखाइबाट पनि राहत दिन्छ ।

४. शरीरको शक्ति बढाउनुहोस् – यदि तपाईंले दूधमा भिजाएको चना नियमित रूपमा खानुहुन्छ भने यसले तपाईंको शरीरलाई भित्रबाट बलियो बनाउँछ । यसले तपाईंको मांसपेशीलाई कडा बनाउन, दुब्ला मांसपेशीहरुको निर्माण गर्न र तिनीहरूलाई बलियो बनाउन मद्दत गर्दछ । यसले तपाईंको शारीरिक शक्ति बढाउन मद्दत गर्छ ।

५. रक्तचाप नियन्त्रणमा मद्दत गर्दछ – यो मिश्रण खराब कोलेस्ट्रोल घटाउन र राम्रो कोलेस्ट्रोल बढाउन धेरै लाभदायी छ । क्याल्सियम, पोटासियम, म्याग्नेसियम प्रचुर मात्रामा पाइने भएकाले यसले उच्च रक्तचाप घटाउन र नियन्त्रण गर्न पनि मद्दत गर्छ ।

६. हृदय रोगको जोखिम कम गर्छ – खराब कोलेस्ट्रोलको उच्च स्तर र अनियन्त्रित रक्तचाप हृदय रोगको लागि प्रमुख जोखिम कारकहरू मध्ये एक हुन् । दूधमा भिजाएर चना खाँदा हृदयाघात, स्ट्रोकजस्ता रोगको जोखिम कम हुन्छ ।

७. तौल बढाउन र घटाउन मद्दत गर्छ – दूधमा भिजाएको चना खाँदा तौल नियन्त्रणमा मद्दत पुग्छ । यो तौल बढाउन मात्रै फाइदाजनक छैन, यसलाई घटाउन पनि उपयोगी छ । यसले तपाईंलाई लामो समयसम्म पेट भरिएको महसुस गराउँछ र जंक फूडको क्रेभिङ पनि नियन्त्रण गर्छ ।

८. अनुहार उज्यालो बनाउँछ, कपाल बलियो बनाउँछ – यो मिश्रणले रक्तअल्पत्ता हटाउन र रगत शुद्ध गर्न मद्दत गर्दछ । यसका साथै यसमा प्रोटिन र आइरन पनि प्रशस्त मात्रामा पाइन्छ, जसले गर्दा छाला र कपाललाई स्वस्थ राख्न सहयोगी हुन्छ । यसका लागि चनालाई दूधमा राखेर रातभरी छोड्नुहोस्, त्यसपछि बिहान दूध छानेर पिउनुहोस् र त्यससँगै चना खानुहोस् ।

– एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार ०८:४३