सूचनाको शक्ति - The Power Of Information

        

छाला र कपालको लागि गुलाब जल कति लाभदायक ?

सुन्दरता बढाउनका लागि गुलाब जलको प्रयोग लामो समयसम्म गरिँदै आएको छ । धेरैजसो महिलाहरु आफ्नो छालाको स्याहार गर्न प्रयोग गर्दै आएका छन् । यसले छालामा हुने जलन कम गराउँछ । यसमा एन्टिअक्सिडेन्ट जस्ता गुण पाइन्छ ।

यसले छालालाई महत्त्वपूर्ण तत्वको काम गर्छ । यसले छालामा हुने सानासाना छिद्रहरुलाई कम गर्छ भने कपालको रुखोपन पनि कम गर्छ । यसमा हुने भिटामिन ए, बी३, सी र ई कपालको बिकास गर्न मद्दत गर्छ ।

यसले कपालको चाँयाको समस्याबाट पनि छुटकारा दिलाउँछ ।कपालमा स्याम्पु लगाएर धोएपछि रातभर गुलाबको पानी लगाएर रातभरका लागि छोड्ने र बिहान उठेर धुने गर्नुपर्छ । कपाल सुख्खा र उडेको छ भने बोतलमा हालेर समय समयमा स्प्रे पनि गर्न सकिन्छ ।

साथै, छालालाई पनि सुख्खा हुन नदिन तपाईं यसको प्रयोग गर्न सकिन्छ । आफ्नो अनुहारमा कुनै पनि क्रिम लगाउनुअघि गुलाब जल छर्केर मेकअप गर्न सकिन्छ । साथै, नुहाउने पानीमा पनि गुलाब जल प्रयोग गर्न सकिन्छ ।

यसैगरी, घामले छाला डढेको छ भने सुतीको कपडाको मद्दतले अनुहारमा लगाउने गर्नुपर्छ । जसले गर्दा तपाईंलाई जलनबाट छुटकारा मिल्छ । यसका साथै, कपालमा चाँया परेको छ भने श्याम्पुमा मिसाएर लगाउने गर्नुपर्छ । ग्लिसरीनसँग मिसाएर लगाउँदा कपालको सुख्खापन हराउँछ ।

– एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार ०८:३७