सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान : आंशिक बदलीदेखि सफा

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यता सफा रहेको छ ।

विभागले आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार ०७:२७