सूचनाको शक्ति - The Power Of Information

        

तलकोट गाउँपालिकाले जिप दुर्घटनाका घाइतेको उपचारका लागी २ लाख रुपैयाँ दिने

जिल्लाको तलकोट गाउँपालिकाले जिप दुर्घटनाका घाइतेलाई उपचारको लागी खर्च स्वरुप २ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

मष्टा गाउँपालिका–१ तुफानडाँडामा बुधबार दिउसो जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

तलकोट गाउँपालिका अध्यक्ष कलक बहादुर रोकायाले घाइतेको उपचार खर्चका लागि गाउँपालिकाबाट २ लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिए ।
सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्ग्री बजार देखी मष्टा गाउँपालिका− २ खेतकोट जाँदै गरेको सु.प.प्र ०१–००१ च ११७ नम्बरको जिप मष्टा गाउँपालिकाको तुफानडाँडामा दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार जिप सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार ०७:१५