सूचनाको शक्ति - The Power Of Information

        

सात वर्षदेखि बढ्न सकेन वैदेशिक लगानी

नेपालले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का निमित्त विभिन्न नीतिनियम परिमार्जनसँगै ठूला लगानी सम्मेलनहरू गरे पनि परिमाणात्मक उपलब्धि भने देखिन सकेको छैन ।

वैदेशिक लगानीमा आठ वर्षअघिको उच्च रेकर्ड अहिलेसम्म तोडिन नसकेको तथ्याङ्कले देखाएको छ ।

तर, यहि अवधिमा दुई पटक लगानी सम्मेलेन आयोजना गरेको सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र नियमावली तथा लगानीकर्ताको सुविधाको लागी एकद्वारा प्रणाली लगाएतका नीतिगत सुधार गरेको छ ।

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७१/ ०७२ मा कुल ६७ अर्ब ४५ करोड ५० लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएकोमा त्यसयताका कुनै पनि वर्ष सो बराबरको लगानी स्वीकृत हुन सकेको छैन ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार ०७:०५