सूचनाको शक्ति - The Power Of Information

        

विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १३३ नाघ्यो

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर बढेर यसको बिक्री दर १३३ नाघेको छ । बुधबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४८ पैसा र बिक्री दर १३२ रुपैयाँ ०८ पैसा रहेको थियो । उक्त दर बढेर बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५४ र बिक्री दर ३३ रुपैयाँ १४ पैसा पुगेको हो ।

यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ६५ पैसा र बिक्री दर १३० रुपैयाँ २४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४९ रुपैयाँ १९ पैसा र बिक्री दर १४९ रुपैयाँ ८६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार ०७:०३