सूचनाको शक्ति - The Power Of Information

        

सहकारीका कर्मचारीमाथि गोली प्रहार

सर्लाहीको बागमती नगरपालिकामा सहकारीका एक कर्मचारीमाथि गोली प्रहार भएकाे छ ।

सगुन बचत तथा ऋण सहकारी संस्थाको बागमती सेवा केन्द्रमा कार्यरत कर्मचारी ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो ।

लालबन्दी नगरपालिका– २ जुटपानी बस्ने बर्ष कार्कीमाथि मिलनचोकमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कार्यालयमा काम गरिरहेको अवस्थामा नै उनलाई गोली प्रहार भएको थियो ।

उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको बताइएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सिमरा विमानस्थलबाट उनलाई काठमाडौं पठाइएको जानकारी दिनुभयाे ।

निलो रंगको मोटरसाइकलमा आएका तीन जना अपरिचित व्यक्तिहरुले गोली हानेर फरार भएका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार १६:२९