सूचनाको शक्ति - The Power Of Information

        

युक्रेनमा उर्जा संकट चुलिदै

रुसले युक्रेनका उर्जा केन्द्रहरुलाई आक्रमणको निशाना बनाएपछि युक्रेनमा उर्जा संकट चुलिएको छ ।

गत एक सातामा रुसी आक्रमणबाट युक्रेनका ३० प्रतिशत भन्दा बढी उर्जा केन्द्रहरु ध्वस्त भएका हुन् । जसका कारणलेे युक्रेनमा चरम उर्जा तथा खानेपानीको समस्या चर्किएको छ ।

युक्रेनका अधिकांश क्षेत्र अहिले अन्धकारमा समेत रहेका छन् । उर्जा आपूर्ति रोकिंदा खानेपानी आपूर्ति समेत बन्द भएको छ ।

रुसले क्षेप्यास्त्र गरेसँगसँगै ड्रोनहरुबाट पनि युक्रेनका उर्जा केन्द्रहरुमा आक्रमण तीब्र बनाएको छ । मंगलबार मात्रै रुसले राजधानी कीभ, खार्किभ, डिनीप्रो, माइकोलेभ र जितोमायर लगायतका शहरमा रहेका उर्जा केन्द्रहरुमा आक्रमण गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुसले फरक खालको आतंककारी आक्रमण सुरु गरेको भन्दै बिजुली बचत गर्न र अझै कष्टकर समयका लागि तयार रहन देशवासीलाई आह्वान समेत गर्नुभएको छ ।

युक्रेनमा उर्जा आपूर्ति बन्द हुँदा अस्पतालहरुले जेनेरेटरको सहायतामा काम गर्न बाध्य भएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार ०८:१८