सूचनाको शक्ति - The Power Of Information

        

विभिन्न पद देखाएर मत तान्ने प्रयास

 ‘ओनसरी घर्तीलाई यहाँ (काठमाडौं–२) बाट निर्वाचित गराउनुस् ।

उहाँलाई विजयी गराएपछि एउटा राम्रो विकासे मन्त्री पनि बनाएर तपाईंहरूको अगाडि पठाउनेछौं’, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं–२ का पार्टी उम्मेदवारको पक्षमा मत माग्दै दिएको अभिव्यक्ति हो यो ।

मतदातालाई प्रभावित पार्न र पार्टी उम्मेदवारलाई मंसिर ४ को निर्वाचनमा जिताउन पद, प्रतिष्ठा र विकासको आश्वासन दिने दाहाल एक्ला नेता होइनन् ।

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दल र तिनका नेताले आआफ्नो हैसियतअनुसार विकास निर्माणदेखि पद र प्रतिष्ठाको आश्वासन विगतमा जस्तै यस पटक पनि दिन सुरु गरेका छन् ।

उम्मेदवार र नेताहरूको हैसियतअनुसार उनीहरूले मत प्रभावित पार्न विभिन्न आश्वासन र पदमा पुग्ने बताउन थालेका हुन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार ०८:०७