सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

पहाडी क्षेत्रमा पश्चिमी वायुको प्रभाव, वर्षाको सम्भावना कति ?

बाँकी भूभागमा मौसम सामान्यतया सफा

मनसुन बाहिरिएसँगै मुलुकका पश्चिमी पहाडी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव परेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका थोरै स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ।

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

बिहीबार सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार ०७:५९