सूचनाको शक्ति - The Power Of Information

        

सन्दीपलाई थप सात दिन हिरासत राख्न अदालतकाे अनुमति लिने प्रहरीको तयारी

नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप अनुसन्धानकाे लागि अझै ७ दिन हिरासतमा राख्ने प्रहरीले तयारी गरिरहेकाे छ । प्रहरीले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतसँग अनुमति लिने तयारी गरिरहेकाे हाे ।

अनुसन्धानका खटिएका एक प्रहरी अधिकृतका अनुसार अनुसन्धान नसकिएकोले अझै एक साता हिरासतमा राखेर अनुसन्धान गर्न दिन जिल्ला अदालत काठमाडौंसँग अनुमति माग्ने तयारी भइरहेकाे छ ।

उनीविरुद्ध पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएकाे थियाे । दोस्रो पटक थपिएको म्याद मंगलबार सकिँदैछ ।

भदौ ५ गते राति सन्दीप पीडित किशोरीसँग सो होटेल काठमाडौं इनमा प्रवेश गरेको फुजेट प्रहरीले फेला पारेको छ । साथै प्रहरील भोलिपल्ट बिहान बाहिरिएको पनि सीसीटीभी फुजेट बरामद गरेपछि उजुरी दर्ता गरेकाे थियाे ।

ती प्रहरी अधिकारीका अनुसार अनुसन्धानकाे क्रममा राति ११ बजे प्रवेश गरेर बिहान ६ः५५ मा होटलबाट किशोरीसँगै सन्दीप बाहिरिएको खुलेकाे छ ।

गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो । जाहेरी दिएलगत्तै प्रहरीले किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराएको थियो ।

लामिछाने चाहिँ त्यसबेला क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमाइकामा थिए । पक्राउ पूर्जी जारी भएपछि उनलाई क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो ।

एक महिनासम्म अमेरिकामा लुकेका उनी अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएपछि आत्मसमर्पण गर्ने भन्दै २० असोजमा काठमाडौं फर्किएका थिए ।

त्यसै दिन प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गरेको थियो । पीडित किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलवार १७:५४