कोहलपुर बसपार्कका सटर ब्यवसायीले स्वतः स्फुर्त रुपमा हटाउन सुरु गरेका छन् ।
कोहलपुर नगरपालिकाले अतिक्रमित क्षेत्रका सटर हटाउन ब्यवसायीलाई समय दिएको थियो ।
कोहलपुर नगर विकास समितिको जग्गामा बनेका सटरमा बसेका व्यवसायीले हटाउन सुरु गरेका हुन् ।
ब्यवसायी सहित बसेको सर्वदलिय तथा सर्वपक्षिय छलफलले असोज मसान्तसम्म सटरहरु खाली गर्ने लिखित सहमती गरेको थियो ।
सोही सहमती अनुसार व्यवसायीले सटर खाली गर्न थालेका हुन् ।
सत्यपाटी । बाँके ।