सूचनाको शक्ति - The Power Of Information

        

समावेशी प्रतिनिधित्व ठूला दललाई समस्या

आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा ठूला राजनीतिक दलहरूले नै युवाको र समावेशी प्रतिनिधित्वको एजेन्डामा दयनीय बनेका छन् ।

राजनीतिक परिवर्तनसँगै समानुपातिक, समावेशीता र युवा प्रतिनिधित्वको एजेन्डा स्थापित गराउन लागेका ठूला दलहरू नै उक्त विषय कार्यान्वयनमा कमजोर बनेका हुन् ।

प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादीलगायत दलहरूले टिकट वितरणमा पुरानै अनुहारलाई निरन्तरता दिएका छन् ।

अघिल्लोपटक समानुपातिकमा सिफारिस भएका नेताहरूलाई यसपटक समानुपातिकमा नराख्ने नीति लिएका यी दलले उनीहरूलाई प्रत्यक्षमा समेत टिकट दिएनन् । दलहरूले टिकट वितरणमा समावेशीताको मुद्दालाई स्थापित गर्दै महिला, दलित र युवा पुस्तालाई नेतृत्वमा ल्याउने कुरालाई अझै स्वीकार गरिनसकेको महिला नेताहरूको गुनासो छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलवार ०७:४०