सूचनाको शक्ति - The Power Of Information

        

२०७९ कार्तिक १ गतेको राशिफल : कन्यालाई उत्साह, कुम्भलाई अवरोध

२०७९ कार्तिक १ गते, मंगलवार, १८ अक्टोबर २०२२ । कार्तिक कृष्णपक्ष अष्टमी तिथि, १०ः१४ बजेदेखि नवमी । तिष्य नक्षत्र । चन्द्रराशि– कर्कट ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

फाइदा मात्र हेर्दा आलोचित भइनेछ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ । तर दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ । हतारको निर्णयले हानि हुन सक्छ, आफ्नो योजना गोप्य राखेर अघि बढ्नुहोला । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ । पारिवारिक मतभेद देखिए पनि आमाको माध्यमबाट काम बन्न सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थिति अलि संघर्षपूर्ण रहला । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । मिहिनेत परे पनि कर्मफल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ । आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किन सक्छ । चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला । अध्ययनमा त्यति समय दिन नसकिएला । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ । अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ । लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ । कामको लागत बढ्न सक्छ । तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आम्दानीले उत्साह जगाउनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । आवश्यक भौतिक साधन जुट्नेछन् । सञ्चित धनको उपयोगबाट फाइदा हुनेछ । रकम हातलागी भए पनि ऋणभार भने बढ्ने सम्भावना छ । सरसापटमा पनि धन बाहिरिन सक्छ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ । लगानी धेरै लागे पनि कम प्रतिफल पाइनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । नियमित कामलाई निरन्तरता दिन सकिनेछ । जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । नयाँ योजनातर्फ लगानीमा जोखिम बढ्नेछ । अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन् ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

मिहिनेत गर्दा समयमै काम बनाउन सकिनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काम सम्पादन हुनेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरूको साथ जुट्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थै झमेलामा परिनेछ । कामका लागि निकै दौडधुप गर्नुपर्ला । स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुपर्नेछ । व्यस्तता बढ्नेछ, स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ । सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन् । सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

समय लागे पनि काम बन्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ । अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । भौतिक साधन जुट्नेछन् । व्यापारमा आम्दानी बढाउन सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । बलजफ्ती गर्ने बानीले चुनौती निम्त्याउला । परिस्थितिले आकस्मिक खर्च बढाउनेछ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिएलान् । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । लगानीमा जोखिम बढ्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला । अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ । सहयोगीहरू पछि हट्नाले नयाँ काम गर्न समस्या पर्नेछ । व्याहारिक अलमलले आँटेका काममा पनि बाधा पुर्याउनेछ । अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ । गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ । समयको सदुपयोग गर्न नसकिएला ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलवार ०६:११