सूचनाको शक्ति - The Power Of Information

        

आज विश्व बसोबास दिवस

आज विश्व बसोबास दिवस । समावेशी सहरबस्तीको आवश्यकता, सबैको साझा प्रतिबद्धता भन्ने नाराकासाथ मनाइँदैछ । नेपालको संविधानले समावेशी विकासको अवधारणा अवलम्बन गरेको छ । साथै हरेक नागरिकलाई उपयुक्त आवासको व्यवस्था हुनुपर्ने उल्लेख गरेको छ।

आवासको हकलाई मौलिक हकको रुपमा राखिए पनि कार्यान्वयन भने सन्तोषजनक हुनसकेको छैन । अझै पनि कतिपय सीमान्तकृत र अति विपन्न वर्ग सुरक्षित आवास कार्यक्रममा समेटिएका छैनन् ।

यस्तै, भौगोलिक रुपमा विकट र प्राकृतिक विपद्को उच्च जोखिमयुक्त क्षेत्रका बस्ती स्थानान्तरणमा पनि चुनौती देखिएको छ । केही दिनअघिको वर्षाका कारण आएको बाढी पहिरोका कारण विस्थापित भएका विपन्न वर्गका नागरिकलाई तत्काल सुरक्षित आवासको व्यवस्था गर्न पनि चुनौती देखिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार ०८:३९