सूचनाको शक्ति - The Power Of Information

        

मतदाता परिचयपत्र छैन? यी कागजातका आधारमा हाल्न पाइन्छ भोट

मतदाता नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातको आधारमा मतदान गर्न पाउने भएका छन्।

निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा नाम भएका व्यक्तिले आफ्नो स्पष्ट पहिचान खुल्ने नागरिकता वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने छन्।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा लालपुर्जा वा कुनै पनि सरकारी कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउने जनाइएको छ।

आगामी मंसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार ०७:४०