सूचनाको शक्ति - The Power Of Information

        

रुसको सैन्य तालिम केन्द्रमा आक्रमण हुँदा ११ जनाको मृत्यु

रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ ।

साेही आक्रमणमा परी १५ जना घाइते भएका हुन् । सरकारी समाचार एजेन्सी रियाका अनुसार युक्रेनविरुद्ध लड्ने स्वयंसेवकलाई हतियार चलाउने तालिम दिने स्थानमा आक्रमण भएको हो ।

युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको बीबीसीले जनाएको छ । रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्वसोभियत गणतन्त्रका भएको भने पनि थप जानकारी दिएको छैन् ।

उनीहरु आतंककारी भएको हुन सक्ने मन्त्रालयले जनाएको छ । गत महिना रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले पहिले सैन्य सेवा गरेका ३ लाख रुसी नागरिकलाई युक्रेनविरुद्धको लडाइँमा प्रयोग गर्न आदेश दिनुभएको थियो ।

यो आदेशको विरोधमा रुसभर विरोध प्रदर्शन भएको थियो भने धेरै मानिसहरुले देश छाडेका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतवार ०९:१७