सूचनाको शक्ति - The Power Of Information

        

नेपालबाट दुबइ पुगेकी मनकुमारी विमानस्थलमा अचानक पुरुष भएपछि…!

नवलपुर जिल्लाको रजहरमा एउटा अनौठो घटना भएको छ । नवलपुरमा महिला रहेकी मनकुमारी विदेश जान भनेर दुवई पुगेपछि उनी अचानक पुरुष बनिन् ।

जिल्ला प्रशासन कार्यालयको लापरवाहीका कारण अनाहकमा एउटा विपन्न परिवारको महिलाले लाखौं रुपैया गुमाइन् । उनी वैदेशिक रोजगारीका लागि भिजिट भिषामा दुवई जाने तयारी गरिन् ।

आफ्ना दाजुभाईको सहयोगमा उनी दुवई जान भनेर नेपालबाट गइन् । उनी दुवई पनि पुगिन् तर दुवईको विमानस्थलमा पुगेपछि भने उनी झसंग भइन् । उनले दुई वर्ष अघि नै पासपोर्ट बनाएकी थिइन् ।

विदेश जाँदा उनले अनेकौ प्रकृया पुरा गरिन् । मेनपावरले सोही पासपोर्टका आधारमा उनको भिषा लगाइदिएको थियो । त्यतीबेला पनि पासपोर्टमा भएको त्रुटी थाहा भएन । जिल्ला प्रशासन कार्यालयले पासपोर्ट बनाउँदा उनलाई पुरुष भनेर लेखिदिएको कसैले पनि थाहा पाएनन् ।

उनको पासपोर्टमा राखिएको फोटो हेर्दा पनि पुरुषको जस्तै देखिन्छ । नेपालको विमानस्थलवाट जाँदा त्यहाँका कर्मचारीले उनलाई महिला हो वा पुरुष भनेर हेरिदिएनन् । उनी सो पासपोर्ट देखाएर दुवई पुगिन् । दुवईवाट फर्काइएपछि उनलाई विमानस्थलले फाइन तिरायो । भिजिट भिषा पठाउँदा पनि दुवईमा पनि कसैले हेरेनन् ।

भाईहरुको सहयोगमा उनको भिषा लगाइएको थियो । भिजिट भिषामा जाँदा पनि उनले एक लाख ५० हजार रुपैया तिरेकी थिइन् । अहिले उनको पासपोर्ट विमास्थलमै राखिदिएको छ । त्यो पासपोर्ट ल्याउन एक लाख ६५ हजार रुपैया चाहिन्छ भनेपछि उनले त्यो पैसा तिर्न सकेकी छैनन् ।

उनले आफै पनि ८ कक्षा पढेकी छन् उनले पनि दुई वर्षसम्म पासपोर्ट हेरिनन् । भिजिट भिषामा विदेश जान भनेर उनले महिनाको ३ प्रतिशत ब्याजमा एक लाख ५० हजार रुपैया ऋण लिएको बताएकी छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतवार ०७:४९