सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

नेपालबाट मनसुन बाहिरियो, आजको मौसम कहाँ-कस्तो ?

सुदूर र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आजकाे माैसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान माैसममविद्ले गरेका छन् ।

नेपालको अधिकांश स्थानबाट यस वर्षको मनसुन बहिर्गमन भएसँगै हाल कुनै उल्लेखनीय मौसम सम्बन्धी चेतावनी तथा परामर्श नरहेकाे महाशाखाले बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतवार ०७:२१