सूचनाको शक्ति - The Power Of Information

        

१८ जिल्लामा पुर्‍याइयो समानुपातिकतर्फको मतपत्र

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ ।

प्रतिनिधिसभा तर्फको समानुपातिक प्रणालीका लागि २ करोड ४ लाख २१ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ । यसैगरी ७ वटै प्रदेशका लागि समानुपातिक तर्फको २ करोड १ लाख ८४ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतपत्र ढुवानीसमेत सुरु भइसकेको छ । हालसम्म १८ जिल्लामा समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र ढुवानी भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

जसमा खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्ला रहेका छन् । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि शनिबारसम्म १७ लाख मतपत्र छपाइ भएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार १६:५७