सूचनाको शक्ति - The Power Of Information

        

श्रीलङ्काले म्यानमारलाई काेराेना खाेप सहयोग गर्ने

श्रीलङ्का सरकारले म्यानमारलाई चार करोड अमेरिकी डलर बराबरको कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने भएको छ ।

श्रीलङ्काका स्वास्थ्य मन्त्री केहेलिया रम्बुक्वेलाले आज शुक्रवार आयाेजित कार्यक्रममा पत्रकारहरूलाई बताउनुभएको छ । उहाँले श्रीलङ्कासँग फाइजर खाेपकाे ९० लाखभन्दा बढी डोज रहेको र म्यानमारलाई ६० लाख डाेज दिने योजना रहेको बताउनुभएको छ ।मन्त्रीले रम्बुक्वेलाले यो वर्षको अन्त्यसम्ममा खोपको म्याद सकिने बताउनुभयाे ।

श्रीलङ्काका अधिकारीहरूले म्यानमारमा खोप पुर्‍याउन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सँग काम गरिरहेकाे रामबुक्वेलाले बताउनुभएको हो ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार १८:५८