सूचनाको शक्ति - The Power Of Information

        

पछिल्लो चौबिस घण्टामा थपिए १७ सय ८७ जना डेंगुका बिरामी, दुई जनाको मृत्यु

पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा डेंगु रोग देखिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार १८:४२