सूचनाको शक्ति - The Power Of Information

        

मोटरसाइकल दुर्घटनामा बाँकेमा एक जनाको मृत्यु

नेपालगञ्ज उपमहानगरपालिका–१७ परसपुरमा बिहीवार राती मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेकै जानकी गाउँपालिका–१ का २५ वर्षीय राजेश यादब रहेको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट घरतर्फ जाँदै गरेका यादबले चलाएको अनटेष्ट लेखिएको मोटरसाइकल बिहीवार राती पौने १० बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी साँईगाउँले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार १८:३८