सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशमा खुल्यो सरकारी जागिर

लुम्बिनी प्रदेशमा सरकारी जागिरको अवसर खुलेको छ ।

लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेशका स्थानीय तहका लागि आवश्यक कर्मचारी माग गरिएको हो ।

आन्तरिक बढुवामार्फत पनि रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ । विभिन्न सेवातर्फ कर्मचारी माग गरिएको प्रदेश सरकारले जनाएको छ ।

कात्तिक १७ गतेसम्म उमेर पुगेका योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने आज प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार ०९:३४