सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

सातै प्रदेशमा सत्ता गठबन्धनको भेला, कहाँ कहिले ? (तालिकासहित)

गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा केन्द्रीयस्तरको निर्वाचन परिचालन समन्वय समिति गठन गरेको छ ।

पाँच दलीय सत्ता गठबन्धनले सातै प्रदेशमा चुना लक्षित भेलका गर्ने भएको छ ।

गठबन्धनको बिहीबार साँझ बसेको बैठकले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो ।

गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा केन्द्रीयस्तरको निर्वाचन परिचालन समन्वय समिति पनि गठन गर्ने भएको छ । प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुखहरू रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गरिने भएको छ ।

आवश्यकता अनुसार निर्वाचन क्षेत्र तथा स्थानीय तहमा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्ने सकिने भनिएको छ ।

भेलाका लागि गठबन्धनको कार्यतालिका

१. कात्तिक ४ गते – पोखरा, ११ बजे
२. कात्तिक ४ गते – बुटवल, २ बजे
३. कात्तिक ५ गते – विराटनगर, ११ बजे
४. कात्तिक ५ गते – जनकपुर, २ बजे
५. कात्तिक ६ गते – धनगढी व्यवस्थापन, ११ बजे
६. कात्तिक ६ गते – सुर्खेत, २ बजे
७. कात्तिक ७ गते – काठमाडौं, ११ बजे

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार ०६:४७