आज बिहान देशका धेरै स्थानका मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ ।
प्रदेश–१ लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागले आज राति प्रदेश–१ मा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताएको छ ।
प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । वर्षाको सम्भावना रहका क्षेत्रमा भू–क्षय र पहिरोको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना छ । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको विभागले जनाएको छ ।
सत्यपाटी । काठमाडौं ।