सूचनाको शक्ति - The Power Of Information

        

२०७९ असोज २८ गतेको राशिफल : मेषलाई डर, मीनलाई प्रतिफल

२०७९ असोज २८ गते, शुक्रवार, १४ अक्टोबर २०२२ । कार्तिक कृष्णपक्ष पञ्चमी तिथि । रोहिणी नक्षत्र । चन्द्रराशि– वृष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आत्मविश्वासको कमीले काममा पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । खर्च हुने डरले सताउन सक्छ । वादविवादबाट टाढा रहनुहोला । आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला । ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुपर्ला । अर्थ अभाव भए पनि तत्कालको खाँचो टर्नेछ । आजको मिहिनेतले भविष्यमा फाइदा दिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आगन्तुकले अलमल्याउने हुँदा काममा बाधा हुनेछ । अरूका विषयमा चासो लिँदा आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । व्यवहार चलाउन कर्जाको रकम जुटाउनुपर्ने हुन सक्छ । आवश्यकताका वस्तु जुटाउन समय लाग्नेछ । मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा फाइदा हुनेछ । भौतिक साधनहरू संग्रह हुनेछन् । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुपर्नेछ । व्यस्तता बढ्नेछ, स्वास्थ्य समस्याले कमजोरी अनुभूति हुनेछ । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न केही समय लाग्नेछ । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । अवसरका लागि चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला । सहयोगीहरूबाट साथ पाइनेछ । कामको योजना पूर्ण नभए पनि आंशिक लाभ हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । पहिले सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन् । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । परिबन्धले चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । आफ्नो क्षेत्रमा समेत अरूले हस्तक्षेप गर्न सक्छन् ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

छोटो समयमा फाइदा उठाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ । अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त भइरहनेछ । भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम गर्न सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ । आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ । प्रतिकूल परिस्थितिका बाबजुद लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसर आए पनि फाइदा उठाउन केही चुनौतीहरूसँग जुध्नुपर्नेछ । प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ । सहयोगीहरूले साथ दिनेछन् तर प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । तापनि अवसरले उत्साह जगाउनेछ । रोकिएको अध्ययन पूरा हुनेछ । समस्या सुल्झाउन गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ । मिहिनेतले काम बनाउन सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

फाइदा मात्र हेर्दा आलोचित भइनेछ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ । पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्नेछ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ । परिश्रम परे पनि समय फलदायी रहनेछ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार ०६:३३