केपी ओलीले आफ्नो पार्टी एमालेमा बिर्सौ वर्ष जनताको हितमा वा पार्टीको हितमा काम गरेका मानिसलाई टिकट दिएनन् तर ओलीले राप्रपाका दजर्नौ नेताहरु टिकट दिए । यसबाट ओली राजावादी रहेछन् भनेर अब जनताले बुझ्नुपर्छ । यदि एमाले पार्टीले चुनाव जितेमा अब देशमा राजतन्त्र आउँछ र हिन्दु राज्य हुन्छ भनेर जनताले बुझ्नुपर्छ । ओलीले आफ्नो पार्टीका लागि संघर्ष गरेका र आन्दोलन समेत गरेका नेताहरुलाई टिकट दिएनन् तर राप्रपाका नेताहरुलाई धमाधम टिकट दिए । यसबाट के बुझ्ने त जनताले । एमाले पार्टीलाई जनताले भोट दिनु भनेको हाम्रो लोकतान्त्रिक गणतन्त्रात्क संविधानको अन्त्य गर्नु र राजावादी सिद्धान्त व्युताँउनु हो । जनताले यदि एमालेलाई भोट दिएर जिताएमा देशमा संघीय लोकतन्त्र गणतन्त्र रहदैँन ।
राजतन्त्र र हिन्दुराष्ट्र व्युताउँन नै ओलीले दुई पटक सांसद विघटन गरे । जनताले एमाले पार्टीलाई त्यसबेला बहुमत दिएपनि ओलीले देशमा राजतन्त्र ल्याउन पटकपटक सांसद विगठन गरिराखे । झापा क्षेत्रनम्बर ५ का जनताले केपी ओलीलाई मतदान गर्दा १० पटक सोच्नुपर्छ , किनभन्दा ओली राजावादी हुन् र उनी राजा कै झोला बोकेर हिडिँरहेका छन् । ओली देशको प्रधानमन्त्री रहँदा उनले २०७७ पौस ५ गते पहिलो पटक संसद विगठन गरेका थिए, तर फेरि पनि अदालतले उनलाई व्युँतायो र अदालतले व्युँताएको सांसद उनले फेरि पनि २०७८ जेठ ८ गते विगठन गरे । अब फेरि पनि जनताले यस्तो व्यक्तिलाई भोट दिएर जिताउनु हुन्छ । अब जनताले एमालेलाई भोट दिनुहुँदैन, किनभन्दा एमालेसँग न त सिद्धान्त नै छ न त विचार नै । एमाले पार्टी ओलीको निजी कम्पनी हो र एमाले पार्टीले कहिलेपनि जनता र राष्ट्रको हितमा काम गर्ने छैन ।
एमालेमा बिर्सौ वर्ष पार्टी र जनताको हितमा काम गर्नेले टिकट पाउँदैन र अघिल्लो दिनसम्म राप्रपाको झोला बोक्न र भोलिपल्ट एमालेमा छिरेर नाच्ने र गाउनेले टिकट पाउँछन् । नाच्ने र गाउनेलाई एमालेले टिकट दिए पनि मसिंर ४ गतेको चुनावमा जनताले यिनीहरुलाई हराउँछन् । एमाले पार्टी त पार्टी नै होइन भनेर जनता भन्छन् । कोही भन्छन्, कलाकारहरु नाच्ने र गाउने ठाउँ त कोही भन्छन्, ओलीको निजी कम्पनी । के यस्तो निजी कम्पनीलाई पनि अब जनताले भोट दिनुहुन्छ । मसिंर ४ गतेभन्दा पछाडि केपी ओली र अहिले टिकट पाउनेहरुको हालबेहाल हुनेछ भनेर जनता नै बताउँछन् । आगामी चुनावमा एमालेले चौंथो स्थानतिर झर्ने निश्चित छ ।
अहिले जनताहरुले थाहा पाइसकेका छन्, एमाले पार्टी राजावादी हो । अब त्यसैले पनि जनताले एमालेलाई भोट दिने छैनन् । राजेन्द्र लिङदेन, कमल थापासँग गठबन्धन गर्ने ओली वा एमालेलाई पनि अब जनताले भोट दिन्छन् त । हामी नेपाली जनताले अब एमाले पार्टीलाई भोट दिने बेला धेरै सोच्नुपर्छ । यदि एमाले पार्टीकै कार्यकर्ता भए पनि हामीले पहिला हामी नेपाली नागरिक हौं भनेर सोच्नुपर्छ, अनिमात्र मतदान गर्नुपर्छ । ओलीको दुई तिहाईको सरकार हुँदाहुँदै पनि उनले पार्टी मिलाउन सकेनन् र पार्टी नै टुक्राटुक्रा भयो । एमालेको सबै प्रदेशमा सरकार थियो, तर अहिले सबै प्रदेशका सरकारहरु ढले । जनताको मतबाट चुनिएर आएका सांसदले मन्त्री पाएनन्, तर एउटा सरकारी कर्मचारी डा.युवराज खतिवडालाई अर्थमन्त्री बनाइयो । ओली देशको प्रधानमन्त्री रहँदा उनले देश र जनताको लागि एउटा सिन्को पनि भाँचेनन् ।
तर जनताले तिरेको करबाट तै तलबभत्ता खाए, सरकारी गाडी चढे, उपचार गर्न देशविदेश घुमे र भात खाएर बालुवाटार बसे । यता पार्टीको बैठकमा पनि पार्टी कार्यालयमा जान सकेनन् र पार्टीको बैठक पनि बालुवाटारमै राखे । उता प्रधानमन्त्री भएर सिंहदरबार पनि जान सकेनन् र मन्त्रीपरिषद्को बैठक पनि बालुवाटारमै राखे । साथै देशको नक्साको केक बनाएर जन्मदिनसमेत मनाए । प्रधानमन्त्री भएर देश र जनताको हितमा काम नगरेर बासुरी बजाएर बसे । नेपालमा कोरोना बढ्दा देशमा लकडाउन गरे तर जनताहरु खाना नपाएर आआफ्नो गाउँघरमा खुट्टामा फोका उठाइउठाइ १५ दिनको बाटोसमेत हिँडेर जाँदा ओलीले उनीहरुको दुःख, कष्ट देखेनन् । साथै सञ्चारकर्मीहरुले त्यस्ता समाचारहरु बाहिर ल्याउँदा पनि ओलीलाई त्यसबेला जनताको माया लागेन ।
उल्टै त्यस्ता समाचारहरु बाहिर ल्याउने सञ्चारकर्मीहरुलाई धम्काए वा खिल्ली उठाए । ओलीले त्यस्तो ठाउँमा पनि सञ्चानकर्मी पुगेँ भनेर सञ्चारकर्मीकै खिल्लीसमेत उठाए । आफ्नो पार्टीको बारेमा राम्रो समाचार लेख्ने मिडियालाई सरकारी विज्ञापन धमाधम दिने तर आफ्नो पार्टीको बारेमा नराम्रो लेख्ने मिडियालाई सरकारी विज्ञापन नै नदिने । साथै यता केपी ओली वा गोकुल बासकोटाको विरोधमा बोल्ने पत्रकारको जागिर नै खाइदिने । देशमा एमालेको सरकार रहँदा वा गोकुल बाँसकोटा सूचना तथा सञ्चार मन्त्री रहँदा एउटा पत्रकारले गोकुल बाँसकोटासँग अन्तवार्ता लिएका थिए र पत्रकारले बाँसकोटालाई तपाईँको निजी सम्पत्ति कति छ भनेर सोधेका थिए । यही सोधेको आधारमा बाँसकोटाले त्यो पत्रकारको जागिर पनि खाइदिए र त्यो कार्यक्रम पनि बन्द गरिदिए ।
के यस्तालाई पनि अब जनताले भोट दिनुहुन्छ त ? विचार गरौँ । ओली प्रधानमन्त्री रहँदा जनता र राष्ट्रको हितमा केही काम नगर्ने र आफ्नो नजिकको मानिसलाई बालुवाटारमा बोलाएर भोजभतेर लगाउने । यता आफ्नो पार्टीबाट चुनाव जितेर आएका सांसदहरुलाई भनेचाहिँ विपक्षले विरोध गरेमा कालो अरिगाल जसरी टोक्नु भनेर निर्दैशन दिने । देशको प्रधानमन्त्री तै कुर्सीमा मात्र बस्ने अनि विपक्षको बारेमा तै यस्तो भन्ने । के विपक्ष दलका मानिसहरुको तै उनी प्रधानमन्त्री होइनन्, र । यति त सोच्न नसक्ने मानिसलाई अब पनि जनताले भोट दिनुहुन्छ । आफु तै काम केही नगर्ने, अनि मिडियाले राम्रो लेखेन भनेर गुनासो गर्ने । साथै सबै मिडियाका सम्पादकहरुलाई आफ्नो विरोधमा नलेखाउन वा फकाउन हप्ताहप्तामा बालुवाटार बोलाउने, अनि खाजा खुवाउने । यता भने चाहिँ आफ्नो राम्रो कामका बारेमा कुनै पनि मिडियाले नलेखेको भनेर गुनासो गर्ने तर काम गरेको भए पो मिडियाले पनि लेख्नु त ।
एमाले पार्टीबाटै दुर्गम जिल्लाबाट चुनाव जितेर आएका सांसदले कहिले ओलीलाई भेट्न नपाउने र मेहश बस्नेत र गोकुल बाँसकोटाले ओलीलाई घेरेर राख्ने । यदि जनताको कामका लागि ओलीसँग सांसदलाई भेट्नु छ भने नि पहिला नै बस्नेत र बाँसकोटाको अनुमति लिनुपर्ने । एमालेबाट चुनाव जितेर आएका धेरै सांसदहरु भन्थे, हामीले ओलीलाई भेट्न पाएनौँ र जनताको कुरा राख्न पाएनौँ । ओलीलाई जहिले पनि बस्नेत र बाँसकोटाले घेरेर राख्ने अनि अरुले भेट्न नपाउने । अब जनताले धेरै सोचेर एमालेलाई भोट दिनुपर्छ । किनभन्दा एमाले पार्टी जनता र राष्ट्रको लागि नभई केपी ओलीको निजी कम्पनी हो । ओलीले २०७४ सालको चुनावमा एमालेलाई भोट दिएमा ५ हजार बृद्धाभत्ता बनाइने भनेर भनेका थिए, तर उनले ५ हजार त भत्ता दिएनन् ।
त्यस्तै यता शेरबहादुर देउवा देशको प्रधानमन्त्री हुँदा मन्त्रीपरिषद्को बैठकले २०७४ साल पुसमा एउटा निर्णय गरेको थिए । त्यो थियो, मेरुदण्ड भाचिँएको, मिर्गौला फेल भएको कलेजो वा क्यान्सर रोग लागेको, मानसिक रुपमा अस्वस्थ वा अन्य रोगीलाई महिनाको ५ हजार दिइने र ७० वर्षमा पाइने जेष्ठ नागरिक भत्ता ६८ वर्षमै दिइने । यस निर्णयबाट धेरै मानिसहरु खुशी भएका थिए । एमालेकै कार्यकर्ता भए पनि देउवाको यो निर्णयबाट खुशी भएका थिए । तर काँग्रेस वा देउवा माथि आउँछ वा हिरो हुन्छ भनेर जनताले पाएका सेवासुविधा पनि २०७४ फागुन ३ गते ओली देशको प्रधामन्त्री बन्ने बित्तिकै उनले देउवाले गरेको यो निर्णय उल्टाए । आफु भने चाहिँ जनताले तिरेको करबाट उपचार गर्न देश विदेश जाने तर जनताले पाउनुपर्ने सेवासुविधा तै काट्ने । ओलीले जनतासँग यस्तो गर्दा पनि अब जनताले ओलीलाई भोट दिन मिल्छ ।
अहिले बजारमा जनताहरु भन्छन्, १८ देखि ६८ वर्ष पुगेका वा विभिन्न रोगी मानिसहरुले एमालेलाई भोट दिनुहुँदैन । किनभने ओलीले गरेको त्यो काम अहिलेसम्म जनताले बिर्सेका छैनन् । यता जेष्ठनागरिकलाई हामीले भत्ता दिएका हौँ भनेर ओली र उनका कार्यकर्ता भन्छन् तर कुन चाहिँ सम्पत्ति बेचेर दिएको भनेर कसैलाई थाहा छैनन् । जनताले तिरेको करबाट जेष्ठनागरिकले भत्ता पाउने अनि हामीले भत्ता दिएका हौँ भनेर ओली भाषण गर्ने । के ओलीमा अलिकति पनि लाज छैन । अब पनि ओलीको उखानटुकानमा जनता लाग्ने कि ओलीलाई चिन्ने । ओलीले आफ्नो नाममा रहेको घरजग्गा वा सम्पत्ति सबै सरकारको नाममा पास गरेको भनेर भनेका छन् तर तेह्रथुमको हो कि, झापाको हो कि, भक्तपुरको बालकोटा को नै । यसको जवाफ त अब जनतालाई पनि चाहिँयो त ओलीज्यूँ । ओली अहिले भन्छन्, म बिरामी भएमा मसँग उपचार गर्ने पैसा छैन तर योभन्दा पहिला उनी बिरामी हुँदा पनि त सरकारकै पैसामा उनले उपचार पाएका थिए नि त । ओली यता आफुसँग उपचार गर्नेसमेत पैसा छैन भनेर भाषण गर्छन् तर बजारमा जनता भन्छन्, ओलीको विदेशी बैंकमा २२ अर्ब पैसा रहेको छ ।
अब हामीले ओलीको कुरामा विश्वास गर्ने कि जनताको । अहिलेपनि पैसा हुनेले एमालेमा टिकट पाएको भनेर निकै चर्चा रहेको छ र मनोनित सांसदको टिकटका लागि ३ करोड र प्रत्यक्ष सांसदका लागि १० करोड भनेर सुनिन्छ । साथै यता कति तै हामीले यति पैसा दिएर टिकट पाएको भन्छन् त कति तै पैसा नभएर टिकट नपाएको गुनासो गर्छन् । एमालेमा बिर्सो वर्ष काम गरेका मानिसले टिकट पाएनन् तर यहाँ कोमल ओलीले उमेरभरी रेडियो नेपालमा जागिर खाइन्, जागिर छोडेर राप्रपाको नेता बनिन्, पछि फेरि राप्रपा छोडेर २०७४ सालमा मनोनित सांसद भएर पाँच वर्षसम्म जनताले तिरेको करबाट मोजमस्ती गरिन् र आगामी चुनावमा प्रत्यक्षतर्फ सांसदको टिकट पाइन् । एमालेमा ओलीको नजिक नरहेका र पार्टीको हितमा काम गर्नेहरुले टिकट पाएनन् । अब एमालेलाई जनताले भोट दिनुहुँदैन ।
किनभन्दा एमाले पार्टी पार्टी नभई दलाल हो । एमाले पार्टीसँग जनता र राष्ट्रको हितमा काम गर्ने क्षमता रहेको छैन र जनताले पनि एमालेलाई भोट दिनुहुँदैन । अहिले चुनाव लड्न पार्टीबाट टिकट नपाएपछि कति मानिसहरुले स्वतन्त्रबाट नै उम्मेदवारी दर्ता गरेका छन् त कति पार्टी नै त्याग गरेर घरमा बसेका छन् । अहिलेपनि केपी ओलीको विरोधमा जनता बोल्न सक्दैनन् र सञ्चरकर्मी कलम चलाउन सक्दैँनन् । यता कार्यकर्ताको त कुरै छोड्दिँदा हुन्छ । बजारमा अहिले जनता नै बताउँछन्, कमल ओली, गोकुल बाँसकोटा, महेश बसनेत र केपी ओली आगामी चुनावमा हार्छन् र यिनीहरु सदनमा जानबाट नै वञ्चित हुन्छन् । मसिंर ४ गतेभन्दा अगाडी मात्र यिनीहरुको दाधागिरी हो र आगामी चुनावपछि यिनीहरुको हालबेहाल हुन्छ भनेर जनता नै बताउँछन् ।
आगामी मंसिर ४ गते हुन लागेको चुनावमा जानका लागि उम्मेदवारी दर्ता भइसकेको छ । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लड्न लागेका छन् । यसअघि पनि उनी सोही क्षेत्रबाट चुनाव लड्दै र जित्दै आएका थिए । तर, पटकपटक चुनाव जित्दा पनि सो क्षेत्रमा अलिकति पनि विकास हुन सकेको छैन् । थापाले सिन्को पनि भाँचेका छैनन् भन्दा पनि केही फरक नपर्ला । काम नै नगर्ने व्यक्तिलाई सांसद् बनाएर पठाएकोमा सोही क्षेत्रका बासिन्दालाई समेत थकथकी लागेको हो । आँउदो चुनावमा थापालाई पराजय बनाउने भनेर जनताले कम्मर कसिसकेका छन् । उनले १५ हजार मतले निर्वाचन हार्ने भनेर अनुमान लगाउन थालिएको छ । जनताका हकहितमा केही काम नगर्ने अनि जनतालाई नपच्ने ठूल्ठूला भाषण गर्ने प्रवृत्तिका व्यक्ति हुन्, थापा ।
पार्टीमा समेत दादागिरी देखाउन पछि पर्दैनन्, उनी । विद्यार्थी संगठनमा लागेर गुण्डागर्दी पृष्ठभूमिबाट आएकाबाट योभन्दा ठूलो अपेक्षा के गर्न सकिन्छ ? उनको बोली र व्यवहारमा गुण्डागर्दी झल्किन्छ । अहिले थापालाई चुनाव हराउन जनता मात्रै होइन्, पार्टीका सभापति एवम् देशका प्रधानमन्त्री शेरबहादुर देउवा पनि लागिपरेका छन् । देउवालाई हटाएर प्रधानमन्त्री बन्छु भन्ने थापाको योजना कदापि पूरा हुने देखिदैन । अस्ति मनोनयन दर्ता गर्ने क्रममा थापाले भने,‘अब देश हाँक्ने डाइभिङ सिटमा म बस्छु ।’ गगन थापासंग कति काम गर्ने क्षमता छ ? भन्ने कुराको पुष्टि त यसअघि नै भइसकेको छ । स्वास्थ्यमन्त्री हुँदा उनले सिन्को पनि भाँचेनन् । व्यापारीहरुसंग कमिशन खाने र टन्न सम्पत्ति जोड्ने कामचाँहि रफ्तारका साथ भएको थियो । जनताका लागि के के न गर्छु भनेर युवा नेता बनेर आएका थापा पनि पैसाकै पछि लागे ।
आखिर युवा होस् कि बुढा सबै भ्रष्ट्राचार गर्नै त आउने हुन् । थापासंग स्वदेशी र विदेशी बैंकमा गरेर अर्बौंको सम्पत्ति छ । त्यत्रो सम्पत्ति कहाँबाट आयो ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शुद्धिकरण आयोगले छानबिन गर्दैन् । यता, उनलाई अमेरिकाको दलाली भनेर पनि चिन्ने गरिएको छ । एमसिसी पास गर्न जोडबलका साथ लाग्ने पनि थापा नै हुन् । उनले त्यत्तिखेर भनेका छन्,‘एमसिसी जसरी पनि पास गर्नुपर्छ । अमेरिकी सेना नेपालमा आँउदैनन् । यदि सेना आए भने मलाई चारपाटा मुडेर थानकोट कटाउनुहोस् ।’ थापाकै पहलमा एमसिसी पारित भएको छ । एक सय प्रतिशतमध्ये ९९ प्रतिशत एमसिसी पास गर्न जोडबल गर्नेमा उनको हात छ । जनताले एमसिसी पास गर्नुहुदैंन भनेर त्यत्रो आन्दोलन गर्दा, चुटाइ खाँदा पनि नदेख्ने थापा नै होइनन् ?
भोलि केही गरी मुलुकमा खतरा आयो भने यसको सम्पूर्ण जिम्मा थापाले लिनुपर्छ । राष्ट्र र जनताको माया नहुनेलाई के आधारमा भोट दिने ? यस्ता दलालीलाई जनताले किन पत्याउने ? उनको मत खस्किनुको एउटा प्रमुख कारण एमसिसी बन्नेछ । कांग्रेस पनि दुईतिर बाँडिएको छ । गगन थापा शेखर कोइराला पक्षका व्यक्ति हुन् । उनले चुनाव जिते पनि देउवाले त उनलाई प्रधानमन्त्री दिदैंनन् । किन कि बहुमत त देउवासंग छ । त्यसमाथि पनि कुनै योजना नभएका, काम गर्ने क्षमता नभएकालाई देश चलाउने चाबी दिएर के गर्ने ? प्रधानमन्त्री चलाउनु र गुण्डागर्दी गर्नुमा धेरै फरक छ । दुई जनालाई थर्काउनु र तीन करोड जनताको अभिभावक्त्व लिनुमा आकाशपातालको फरक हुन्छ । गगन थापालाई कसले नेता भनेर सम्बोधन गर्छ ? उनको भाषण सुन्दा कुनै गुण्डा बोलेकोजस्तो महसुस हुन्छ ।
उनको राजनीतिक पृष्ठभूमि नै गुण्डागर्दीबाट शुरु हुन्छ । पार्टीमा पनि गुण्डाकै आडबाट शक्तिशाली भएका हुन् । थापाको विरोधमा पार्टीभित्र कुनै नेताले बोल्ने आँट राख्दैनन् । किन कि पृष्ठभूमि झल्किन्छ । सञ्चारमाध्यमहरुले समेत थापाको विरोधमा कलम चलाएको देखिदैंन् । उनी भन्नेबित्तिकै सबैको कलम रोकिन्छ । २०६० साल अघि र पछि हेर्ने हो भने उनको आर्थिक स्टाटसमा धेरै परिवर्तन आएको छ । उनको कति ठाँउमा घरजग्गा छ ? कति सेयरमा लगानी छ ? सुनगहना कति छ ? यसको लेखाजोखा छैन् । तर प्रश्न के छ भने यी सब सम्पत्ति आयो, कहाँबाट ? न उनको कुनै जागिर छ न व्यापार व्यवसाय । सम्पत्ति भने उप्रोमाथि थुप्रो छ । काम गरेर नेता भएका व्यक्ति होइनन् थापा । शीर्ष नेताहरुको विरोधमा बोलेकै आडमा उनी नेता भए । नेकपा माओवादी केन्द्रका अध्यक्ष जहाँबाट चुनाव लड्यो त्यहीबाट लडछु भनेर चुनौती दिन्थे ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी पाटीका अध्यक्ष माधवकुमार नेपाललाई लगायत अन्य ठूला नेतालाई गाली गरेर उनी चर्चामा आए । जनताले पनि उनको भाषण सुनेर भोट दिए । तर, उनको काम गर्ने रबैया देखेर जनता नै आजित भएका छन् । अहिले आएर जनताले सबै नेताको आनाबानी र काम गर्ने प्रवृत्ति देखि र बुझि सकेका छन् । आफू सांसद् हुँदाखेरि उनले सार्वजनिक जग्गा, गुठीका जग्गाहरु खोजतलास गरेनन् । न पार्टीपौवा, ढुंगेधारा थप्नतिर उनको ध्यान गयो । अहिले पनि वर्षा हुँदा कपन एरिया चुलुम्मै डुब्छ । खोला माँसेर घर बनाएका त्यो क्षेत्र डुबानमा पर्छ । न मठमन्दिरको संरक्षण गर्नतिर उनको ध्यान गयो । सार्वजनिक काममा उनले कहिले चासो देखाएनन् । काठमाडौं क्षेत्र नम्बर ४ का जनतालाई भोट खेर गएकोप्रति चिन्ता लागेको छ ।
कुनै पनि विकास हुन नसकेको उनीहरुको गुनासो छ । थापाले नयाँ नारा बनाएका छन्,‘मलाई चुनाव जिताउनुहोस्, म प्रधानमन्त्री हुन्छु ।’ थापाको झुठा आश्वासन कसैले पनि विश्वास गर्नुहुन्न । चुनावपछि कि शेरबहादुर देउवा कि पुष्पकमल दाहाल वा केपी शर्मा ओली नै प्रधानमन्त्री हुन्छन् । अहिले कांग्रेस नै प्रचण्डको इशारामा हिँडिरहेको छ । कांग्रेसले आफ्नो सिद्धान्त त्याग गरिसकेको छ । पार्टी कार्यालयमा कांग्रेसी नेताहरुको फोटो हटाएर प्रचण्डको फोटो राख्दा पनि केही फरक नपर्ला । किन कि कांग्रेस प्रचण्डले कब्जा गरिसकेका छन् । चुनावपछि प्रधानमन्त्री खाने विषयमा देउवा र प्रचण्डबीच झगडा हुन्छ । गगन थापाले सुघ्ँन् पनि पाँउदैन् । ओलीले संसद् विघटन गरेको बेलामा कांग्रेस एक्लै चुनावमा गएको भए बहुमत पाँउथ्यो । तर, माओवादी, नेकपा एस र मधेशी दललाई सरकारमा लिएर जाने काम भयो ।
त्यतिखेर जनताले कांग्रेस नै चाहिन्छ भन्न थालिसकेका थिए । माओवादी, एमाले र मधेशी दललाई भोट दिनुहुदैंन् भनेर जनताको मनमा परिसकेको थियो । जताततै यही कुरामा बहस चलेको थियो । माओवादी, एमाले, एस र मधेशी दलको पत्ता कटिसकेको थियो । सबै कांग्रेसले नै पाँउथे । देशभरिबाट काँग्रेस आउने सम्भावना धेरै थियो । सके दुई तिहाइ नसके बहुमत । तर, प्रचण्डले आफू सिद्धिन्छु भनेर सोचिसकेका थिए । आफ्नो पार्टीको अस्तित्व धरापमा पर्ने देखिसकेपछि प्रचण्डले सबै पार्टीलाई उचालेर, सर्वोच्च अदालतमा मुद्दा हालेर संसद् व्युँताए । संसद् व्युँतिने बित्तिकै ओली भित्तामा पुगिहाले । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर प्रचण्ड आफू सरकारमा गए । अहिले आएर प्रचण्ड फेरिपनि जनतामाझ छाए । २०७८ साल बैशाख १७ र बैशाख २७ गते चुनाव भएको भए माओवादीले तीन सीट पनि पाउँदैनथ्यो ।
त्यही माओवादी अहिले ४७ सीटमा दाबेदार छ । गठबन्धन गरेर चुनावमा जाने निर्णयले कांग्रेसलाई घाटा भयो । ८६ सीटमा सीमित हुनपर्यो । त्यसमा पनि चुनाव जित्ने हो कि होइन् भन्ने चिन्तामा कांग्रेस थलिएको छ । गगन थापा र शेरबहादुर दउवा झोले बनेर प्रचण्डको पछिपछि लागेका छन् । कांग्रेसले अझै पनि यो खेल बुझेको छैन् । मंसिर ४ पछि देशको प्रधानमन्त्री प्रचण्ड हुन्छन् । यदि कांग्रेसले प्रधानमन्त्री दिएन् भने एमाले, मधेशी दललाई सरकारमा ल्याएर आफु प्रधानमन्त्री बन्छन्, प्रचण्ड । देउवाले त प्रधानमन्त्री पाँउदैनन् भने गगन थापा त आश नगर्दा पनि हुन्छ । अझ पनि प्रधानमन्त्री हुन्छु भनेर भाषण दिनु भनेको आफूलाई लज्जित पार्नु मात्र हो ।
Design : Aarush Creation
रुषा थापा ।