सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा निःशुल्क आँखा शिविर सञ्चालन

नेपालगन्ज उमहानगरपालिकामा मोतिविन्दु भएका नागरिकको निःशुल्क आँखा जाँच तथा छनोट शिविर सञ्चालन गरिएको छ । फत्तेवाल आँखा अस्पतालसँगको सहकार्यमा उपमहानगरपालिका कार्यालयले बिहीबारबाट उक्त शिविर सुरु गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझीबाट निःशुल्क आँखा जाँच तथा छनोट शिविर सुरु गरिएको छ । उक्त शिविरको उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले उद्घाटन गरेका हुन् ।

शिविरबाट छनोट भएका मोतिविन्दु भएका नगरबासीको नेपालगन्ज उपमहानगरपालिकाको सिफारिसमा फत्तेबाल आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने मेयर विष्टले जानकारी दिए ।

शिविर अन्य वडामा पनि क्रमशः सञ्चालन हुनेछ । शिविरबाट लाभ लिन मेयर विष्टले नगरबासीलाई आग्रह पनि गरेका छन् । निःशुल्क आँखा शिविर उद्घाटन कार्यक्रममा वडा नम्बर १ का वडाअध्यक्ष एवम् उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, अन्य जनप्रतिनिधी, फत्तेबाल आँखा अस्पतालका प्रबन्धक डा. कौशल बर्मा, स्वास्थ्यकर्मी, जेष्ठ नागरिक लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार १८:०७