सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा १२ जुवाडे पक्राउ, २ लाख ३१ हजार बरामद

कोहलपुरमा अवस्थित होटल म्याक्सबाट बाट १२ जुवाडे पक्राउ परेका छन् ।

जुवा खेलबाट २ लाख ३१ हजार बरामद गरीएको छ । जुवा खेल्दै रंगे हात पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपि ऐन बहादुर मल्लले जानकारी दिएका छन् ।

रातिको दुई बजे होटल छापा मार्दा २ लाख ३१ हजार नगद सहित १२ जुवाडेलाई पक्राउ गरिएको हो ।

यस बारे थप अनुसन्धान भईरहेको डिएसपि मल्लले बताएका छन् । कोहलपुर नगरपालिकामा बसोवास गर्ने व्यापारीहरु र समाजमा नाम चलेका व्यक्तिहरु रहेको स्रोतले वताएको छ ।

केहि व्यक्ति यो भन्दा पहिला पनि जुवाको केसमा पक्राउ परेका ब्यक्ति पनि रहेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार १७:५७