सूचनाको शक्ति - The Power Of Information

        

राप्ती सोनारीमा राहत वितरणको काम थालियो

राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ का बाढी पीडितलाई राहत सामाग्री वितरण कार्य सुरु गरिएको हो । उक्त वडाको सौरी, जरुवा र बगरपुरका ३१ घरधुरीलाई राहत स्वरुप चामल, नुन, तेल र दाल हस्तान्तरण गरिएको हो ।

राप्ती सोनारी १ का वडाअध्यक्ष यमबहादुर खड्काका अनुसार अविरल वर्षापछि आएको राप्ती नदीको बाढीले सौरी, जरुवा र बगरपुरमा स्थानीय बासिन्दाको घर, गोठ तथा भान्सामा पानी पस्नुका साथै केही घर तथा गोठ भत्केका थिए ।

राप्ती सोनारी गाउँपालिकाको विपद ब्यवस्थापन कोषमार्फत वडा कार्यालयको समन्वयमा राहत वितरण गरिएको बताइएको छ । उक्त वडाको अन्य गाउँमा पनि राहत वितरण गरिने वडाअध्यक्ष खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार १७:५४