सूचनाको शक्ति - The Power Of Information

        

एमालेको अभिलेखबाट पाँच नेताको नाम आउट !

नेकपा एमालेले आगामी मंसिर ४ मा हुने निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी र स्वतन्त्रका नाममा उम्मेदवारी दिएका पाँच जना नेताका नाम पार्टी सदस्यता अभिलेखबाट हटाउने भएको छ ।

स्वतन्त्र वा बागीका नाममा उम्मेदवारी दिएपछि उनीहरूको नाम पार्टी सदस्यताको अभिलेखबाट स्वतः हट्ने एमाले एक बिष्णु रिजालले जानकारी दिए । उनीहरूलाई स्पष्टीकरण सोधिरहनु नपर्ने रिजालले बताए ।

स्वतन्त्र उम्मेदवारी दिनेहरुमा स्थायी कमिटी सदस्यमा नेता घनश्याम भुसाल (रुपन्देही) र प्रभु साह (रौतहट), केन्द्रीय सदस्यहरू कुन्दन कुशवाह (रौतहट), गंगा चौधरी सत्गौवा (दाङ) तथा बदमी क्वारा बुढा (डोल्पा)ले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार १४:२७