सूचनाको शक्ति - The Power Of Information

        

दुर्गमका स्वास्थ्य चौकी : टुकीको भरमा बिरामीको उपचार

टुकी बालेर बिरामीको उपचार गर्दै स्वास्थ्यकर्मी रोकाया ।

स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीलाई टुकीकै भरमा उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा एउटा सोलर बत्तीसमेत नभएपछि सेवाग्राही र कर्मचारीले सस्ती खेप्नुपरेको छ ।

रातीको समयमा आउने सुत्केरी तथा अन्य आकस्मिक उपचारका लागि आउने बिरामीलाई टुकी बालेर उपचार गर्नुपर्ने बाध्यता आइलागेको छ ।

स्वास्थ्य चौकीमा बिद्युत् आपूर्ति गर्दै आएको हिल्दुम साना जलविद्युुत आयोजनाको बिद्युत् सेवा दश दिनदेखि बन्द भएपछि स्वास्थ्यकर्मीलाई टुकी बालेर उपचार गर्नुपरेको हो ।

सिमकोट गाउँपालिका–७ को डाँडाफया स्वास्थ्य चौकीकी वरिष्ठ अनमी रमिता रोकायाले बिद्युत् नभएपछि हाल दैनिक रूपमा रातीको समयमा टुकी बालेर बिरामीको उपचार गर्नु परिरहेको बताए ।

हिल्दुुम बिद्युत् वितरण केन्द्रको बिद्युत् दश दिनदेखि अवरुद्ध हुँदै आएपछि स्वास्थ्य चौकीलाई यो बाध्यता आई लागेको हो । उनले लगातार वर्षा भएको कारण झरो बालेर उपचार गर्न नसकिने भएपछि टुकी बालेर उपचार गर्ने कार्य भई रहेको बताए ।

स्वास्थ्यकर्मीलाई रातीको समयमा विशेषगरी सुत्केरी र अन्य इमरजेन्सी बिरामीको उपचारमा समस्या हुने गरेको छ । स्वास्थ्य चौकीमा सोलरको व्यवस्था नहुँदा विद्युत् नभएको बेला अन्य विकल्पबाट उज्यालो गर्न सकिने अवस्था छैन ।

इन्भर्टर लगायतका वैकल्पिक व्यवस्था गर्न सेवाग्राहीले सरकारसँग माग गरेका छन् । यो समस्या सिमकोट र खार्पुनाथ गाउँपालिका अन्य सात वटा स्वास्थ्य चौकीहरूमा पनि उस्तै समस्या रहेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार ०९:०३