मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा २५ देखि ९९ वर्षसम्मका उम्मेदवार मैदानमा उत्रिएका छन् ।
प्रमुख राजनीतिक दलका अध्यक्षहरूसँग पाकादेखि युवा उमेरका उम्मेदवार भिड्दैछन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ८० वर्ष नाघेका उम्मेदवार भिड्दैछन् ।
गोरखा–२ बाट उम्मेदवारी दिएका माओवादी अध्यक्ष दाहालसँग ९९ वर्षका स्थानीय टीकादत्त पोखरेल चुनावमा भिड्दैछन् । पोखरेल नेपाली कांग्रेस (बिपी) का तर्फबाट उम्मेदवार हुन् । उनी देशभरिमै सबैभन्दा पाका उम्मेदवार हुन् ।
दाहालसँग उनी मात्रै नभएर अन्य ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा एमालेका २९ वर्षीय अब्दुल सलाम मियाँलगायत स्वतन्त्रसम्मका उम्मेदवार दाहालसँग चुनाव भिड्दैछन् ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
सत्यपाटी । काठमाडौँ ।