सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

 बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा बुधवार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जीपमा सवार ३ जना यात्रु घाइते भएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ वर्षीय कृष्णप्रसाद खतिवडाको मृत्यु भएको हो ।

काठमाण्डौ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२८ च ००४४ नम्बरको टाटासुमो जीप बुधवार बिहान सवा ७ बजे अनियन्त्रित भएर पल्टिँदा चालकसहित ४ जना घाइते भएका थिए । घाइतेहरूलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारकै क्रममा चालकको बिहान ८ बजे मृत्यु भएको हो ।

घाइते भएकामध्ये वीरेन्द्रनगर नगरपालिका ७ का २२ वर्षीय शिसिर ज्ञवालीको अवस्था गम्भीर रहेको छ भने अन्य २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार १७:४०