सूचनाको शक्ति - The Power Of Information

        

म्यान्चेस्टर सिटी र रियल मड्रिड नक आउट चरणमा प्रवेश

म्यान्चेस्टर सिटी र रियल मड्रिड युएफा च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् ।

समुह ‘जि’ को खेलमा मंगलबार राति डेनमार्कको एफ.सी कोपनहेगनसँग गोलरहित बराबरी खेलेपछि म्यान्चेस्टर सिटीले राउण्ड अफ सिक्सटिनको यात्रा तय गरेको हो ।

यही समुहको अर्को खेलमा बोरुसिया डर्टमण्ड र सेभियाले एक एक गोलको बराबरी खेले ।

उता, समुह ‘एफ’ को खेलमा मंगलबार राति शख्तर डोनेत्स्कसँग १–१ गोलको बराबरी खेलेको रियल मड्रिड पनि नकआउट चरणमा पुगेको छ । यही समुहको अर्को खेलमा जर्मनीको आर.बी लेइप्जीगले स्कटल्याण्डकोे सेल्टीकलाई २–० ले हराएको छ ।

च्याम्पियन्स लिगकै अन्य खेलहरुमा इंग्लिस फुटबल क्लब चेल्सीले इटालीको एसी मिलानलाई २–० ले हराउँदा अष्ट्रियाको साल्जवर्ग र क्रोएसियाको डाइनामो जाग्रेबले १–१ गोलको बराबरी खेलेका छन् ।

मंगलबार राति फ्रान्सको पिएसजीलाई पोर्चुगलको बेन्फीकाले १–१ गोलको बराबरीमा रोक्दा इजरेलको मकाबी हाइफाले इटालीको युभेन्टसलाई २–० ले पराजित गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार ०९:३३