सूचनाको शक्ति - The Power Of Information

        

 यी हुन अवरुद्ध भएर खुल्न नसकेका सडकखण्ड

वर्षात्का कारण आएको बाढी पहिरोबाट अवरुद्ध भएका १४ सडक खण्ड अझै खुल्न सकेको छैन ।

१८ असोजबाट निरन्तर परेको वर्षात्ले आएको बाढीका कारण राष्ट्रिय राजमार्ग अन्तर्गतका ४४ सडक खण्ड अवरुद्ध भएको थियो । त्यसमध्ये १४ खण्ड अझै बन्द रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार २३ सडक खण्ड भने एकतर्फी रूपमा सुचारु भएको छ ।

१८ असोजदेखि देशका अधिकांश ठाउँमा वर्षात् भइरहेको छ । त्यसकारण बाढीपहिरोबाट अवरुद्ध भएका सडक खुलाउन मुस्किल भइरहेको सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारले बताए ।

वर्षात्का कारण कर्णाली प्रदेशका सडकहरू बढी प्रभावित भएका छन् । विशेष गरी कालिकोट, जुम्लालगायतका जिल्लाका सडक खण्ड नमज्जाले प्रभावित भएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।

 यी हुन अवरुद्ध भएर खुल्न नसकेका सडकखण्ड

  • डुम्रे–बेँसीसहर–चामे (लमजुङ, मनाङ)
  • जमुनाहा–नेपालगन्ज–सुर्खेत–खुलाल–हिल्सा (दैलेख)
  • अमेलिया–तुलसीपुर–शीतलपाटी–थारमारे–मुसिकोट (पश्चिम रुकुम)
  • सुर्खेत–दैलेख–महाबुलेख–गाल्ज–नाग्मा–गमगढी–नाक्चे लाग्ना (जुम्ला)
  • सुर्खेत तल्लो डुंगेश्वर–सातखम्बा–दल्लु–पिपलकोट–जुम्ला (जुम्ला)
  • जमुनाहा–नेपालगंज–कोहलपुर–सुर्खेत–खुलाल–हिल्सा (दैलेख)
  • अमेलिया–शीतलपाटी–मुसिकोट (पश्चिम रूकुम)
  • खोड्पे –चैनपुर – बझाङ (बझाङ÷२ ठाउँ)
  • धनगढी–सहजपुर–वुडर–स्याउले–सतबाँझ–थाकतोली–दार्चुला–टिंकर (बैतडी)
  • सुर्खेत तल्लो डुंगेश्वर–सातखम्बा–दल्लु–पिपलकोट–जुम्ला (कालिकोट)

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार ०९:०४