सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४२ पैसा र बिक्री दर १३२ रुपैयाँ ०२ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ ५८ पैसा र बिक्री दर १२८ रुपैयाँ १६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४५ रुपैयाँ ४३ पैसा र बिक्री दर १४६ रुपैयाँ ०९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार ०७:५०