मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त जोशीले बझाङबाट आज उम्मेदार मनोनयन पत्र दर्ता गराएका छन् ।
उनले सदरमुकाम चैनपुर स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराएकाे मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश नन्दकिशोर प्रसाद यादवले बताए ।
नेपाली कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गरेको समाजवादीले जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि जोशी र प्रदेशसभा सदस्यका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उनीसँगै प्रदेशसभा सदस्यका लागि क्षेत्र क बाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह र क्षेत्र ख बाट भिम भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
सत्यराज सिंह । बझाङ ।