सूचनाको शक्ति - The Power Of Information

        

रवि लामिछानेद्वारा चितवन–२ बाट उम्मेदवारी दर्ता

 राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।

उहाँले आज आइतवार निर्वाचन अधिकृतकाे कार्यालय भरतपुर पुगेर प्रतिनिधि सभा सदस्यका लागि चितवन–२ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।

यसअघि लामिछानेले चितवन-३ बाट उठ्ने तयारी गर्नुभएकाे भए पनि अन्तिम समयमा चितवन–२ बाट उठ्ने निर्णय गर्नुभएको हाे । काठमाण्डौको २ र ३ मा पनि उहाँको चर्चा रहेको थियो ।

मनोनयन दर्ताअघि लामिछानेले जिल्लाका स्वतन्त्र अभियान्तासँग छलफल गर्नुभएकाे थियाे ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन-१ बाट हरि ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतवार १७:३३