सूचनाको शक्ति - The Power Of Information

        

मोरङ – ३ बाट रेखा थापाद्वारा मनोनयन दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आगामी मंसिर ४ गते हुने चुनावको लागि मनोनयन दर्ता गराउनुभएको छ ।

आइतवार बिहान ११ बजेर २७ मिनेटमा नेतृ थापाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको हो । नेतृ थापाको प्रस्तावकमा भोला गौतम र समर्थकमा परशुराम सुवेदी हुनुहुन्छ ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग बोल्दै नेतृ थापाले आफ्नो क्षेत्रमा परिवर्तन गर्नका लागि आफू आएको बताउनु भयो । उहाँले मोरङ क्षेत्र नम्बर ३ ले २० वर्षको अन्तरालमा कहिल्यै विकल्प नपाएको भन्दै अब विकल्पको रुपमा युवाशक्ति बनेर आफू निर्वाचनका लागि तयारी भएको बताउनु भयो ।

मोरङ क्षेत्र नम्बर ३ बाट आफ्नो जित सुनिश्चित रहेको भन्दै मात्र निर्वाचनको प्रतिक्षामा आफू रहेको बताउनु भयो ।

उहाँसँगै प्रदेश सभा सदस्य ३ (क) मा तीर्थ गुरुङ र ३ (ख) मा रमेश रिजालले सामूहिक रुपमा मनोनयन दर्ता गराउनु भयो । तीर्थ गुरुङको  प्रस्तावकमा युवराज न्यौपाने र समर्थकमा ऋषिकेश घिमिरे हुनुहुन्छ भने रमेश रिजालको प्रस्तावक जयप्रसाद सिटौला र समर्थकमा बाघदल अधिकारी रहनुभएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतवार १७:३१