सूचनाको शक्ति - The Power Of Information

        

बाढी पीडितको उद्धार तथा राहतमा जुटिन् निवर्तमान सांसद नमूना

नेकपा माओवादी केन्द्रकी युवा नेतृ तथा निवर्तमान लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमूना) बाँकेका बाढीपीडितको उद्धार तथा राहतमा जुटेकी छन् ।

अधिकांश दलका ठूला नेताहरु आसन्न मंसिर ४ गते हुन गइरहेको प्रदेश र संघको निर्वाचनको लागि टिकटको लागि दौडधुप गरिरहेका बेला नमूना भने बाढीपीडित क्षेत्रमा पुगेर शुक्रबारदेखि उद्दार राहतमा खटेकी हुन् ।

बाँकेका राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका विभिन्न क्षेत्रमा पुगेर राहत तथा उद्धारमा निवर्तमान सांसद नमूनसहितको टोली बाढी पीडितको उद्धारमा जुटेको नेकपा माओवादी केन्द्रका युवा नेता सूर्य प्रकाश घर्तीले जानकारी दिए ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतवार १७:२८