सूचनाको शक्ति - The Power Of Information

        

जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँलाई पितृ शोक

जानकी गाउँपालिका बाँकेका अध्यक्ष छब्बन खाँलाई पितृ शोक परेको छ ।

नेपाली काँग्रेसका पुर्ब जिल्ला सदस्य समेत रहेका खाँको पिता हाजी सब्बिर खाँको ७२ वर्षको उमेरमा आइतबार बिहान असमायिक निधन भएको हो ।

खाँको अन्त्येष्टि इस्लामिक परम्परा अनुसार स्थानीय कब्रस्तान बुढियागाउँमा जोहर नमाज पश्चात् दिउँसो गरिएको बताइएको छ ।

हाजी सब्बिर खाँको चार छोरा र दुई छोरी रहेको परिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतवार १७:२२