सूचनाको शक्ति - The Power Of Information

        

सन्दीपलाई बयानका लागि आज अदालतमा उपस्थित गराइने

नाबालिग बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई आइतबार बयानका लागि अदालतमा उपस्थित गराइने भएको छ ।

दसैं बिदा परेकाले आइतबार मात्रै अदालत खुल्ने भएकाले उनलाई बयानका लागि अदातल लान लागिएको हो । पक्राउपछि आरोपितलाई अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बयान प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ ।

बयानका लागि आइतबार लामिछानेलाई अदालतमा उपस्थित गराइनेछ । प्रहरीमा जाहेरी दर्ता भएको एक महिनापछि उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

उनलाई काठमाडौं प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । अमेरिका हुँदै कतारको दोहा ट्रान्जिट भएर बिहीबार बिहान विमानस्थल अवतरण गरेलगत्तै उनलाई अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो ।

गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतवार ०८:३६