सूचनाको शक्ति - The Power Of Information

        

लोसपालाई प्रतिनिधि सभामा सात र प्रदेश सभामा १६ सिट

सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई प्रतिनिधि सभाको सात र प्रदेश सभाको १६ वटा सिट दिने सहमति भएको छ ।  हिजो शनिवार बिहानदेखि बेलुकीसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलबाट यस्तो सहमति भएको हो ।

सहमतिअनुसार लोसपाले प्रतिनिधि सभामा सप्तरी २, बारा ३, पर्सा १, धनुषा ३, महोत्तरी २ र ३ तथा सर्लाही १ पाएको छ । यस्तै सर्लाही २ मा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

यो क्षेत्र सत्तारूढ गठबन्धन तर्फबाट माओवादी केन्द्रको भागमा परेको छ । यस्तै प्रदेश सभा अन्तर्गत सप्तरी २ क, सिरहा ४ ख, धनुषा १ ख, धनुषा २ क, रौतहट २ क, बारा २ क, बारा ४ ख, महोत्तरी १ क, महोत्तरी २ क, महोत्तरी ३ क र ख, महोत्तरी ४ क, सर्लाही १ क, सर्लाही २ ख र सर्लाही ४ ख लोसपालाई दिने सहमति भएको छ ।

सहमतिपत्रमा सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोसपाका अध्यक्ष महन्त ठाकुरले हस्ताक्षर गर्नुभएको छ । जनता समाजवादी पार्टी जसपा बाहिरिएपछि लोसपा गठबन्धनमा सहभागी भएको हो ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतवार ०८:३१