सूचनाको शक्ति - The Power Of Information

        

माओवादीबाट चुनाव लड्दै एमाले नेता घनश्याम भुसाल !

नेकपा एमालेका नेता घनश्याम भुसाल आउँदो चुनावमा नेकपा माओवादीबाट उम्मेदवार बन्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार एमालेबाट टिकट नपाएपछि भुसाल आगामी चुनावमा माओवादीको कोटाबाट प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन् । उनी यसबारे छलफल गर्नका लागि शनिबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेको स्रोतले जानकारी दियो ।

भुसाल आफ्नो गृहनगर रुपन्देही क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको तर्फबाट टिकट बाँडफाँट गर्दा भुसाल र नेता भीम रावललाई टिकट दिएका थिएनन् । यसअघि पनि सत्ता गठबन्धनको सम्पर्कमा रहेका नेता भुसाल माओवादीबाट चुनाव लड्ने तयारी गरेको दाबी छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार १३:२९