सूचनाको शक्ति - The Power Of Information

        

गठबन्धनले नपत्याएपछि वामदेव गौतम ‘चुनावी’ मैदानबाट आउट

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई सत्ता गठबन्धनले नपत्याएपछि ‘चुनावी’ मैदानबाट आउट भएका छन् । सत्ता गठबन्धनले सिट नछुट्याएपछि उनी मंसिर ४ मा हुने निर्वाचनमा उमेदवार नबन्ने भएका छन् ।

संयोजक गौतम निकट स्रोतले दिएको जानकारी अनुसार उनको रोजाइ बर्दिया र प्युठान जिल्लामध्ये एकमा थियो । तर दुवै क्षेत्रमा उनले दुवै जिल्लामा टिकट पाएनन् । राष्ट्रिय सभा सदस्य रहेका गौतमले राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन लड्न चाहेका थिए ।

‘बर्दिया १ मा कांग्रेस र प्युठानमा राष्ट्रिय जनमोर्चाले टिकट पाउने गठबन्धनमा सहमति बनेको छ,’ ती नेताले भने, ‘रोजाइका क्षेत्र नपाएपछि उहाँ चुनाव लड्ने तयारीमा हुुनुहुन्न ।’ सो पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले पनि गौतम चुनाव नलड्ने बताए ।

‘माओवादीको स्थायी कमिटीले नै चुनाव चिह्न दिनेगरी निर्णय गरेको थियो,’ प्रचार विभाग प्रमुख पाण्डेले भने, ‘त्यो निर्णय कार्यान्वयन भएन । गठबन्धन कस्तो हो भन्ने हामीले बुझ्न सकेनौँ । हामीलाई गठबन्धनबाट धोका भयो ।’

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार १३:१३